नबिल बैंकलाई 'एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्' मा दुई उपाधि
सारांश
- नबिल बैंकले 'एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५' मा दुई उपाधि जितेको छ।
- बैंकले 'साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल' र 'नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर' अवार्ड प्राप्त गरेको छ।
- बैंकले डिजिटल सुरक्षा र पूर्वाधार विकासमा पुर्याएको योगदानको कदर गरिएको छ।
काठमाडौँ । नबिल बैंकले 'एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५' मा दुई प्रतिष्ठित उपाधि जितेको छ। बैंकले 'साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल' र 'नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर' अवार्ड प्राप्त गरेको हो।
बैंकले जारी गरेको विज्ञप्तिअनुसार अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा, र ग्राहक तथा सरोकारवालाहरूप्रतिको प्रतिबद्धताका कारण यी अवार्डहरू प्राप्त भएका हुन्।
नबिल बैंकले डिजिटल सुरक्षालाई उच्च प्राथमिकता दिँदै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका लागि 'साइबर सेक्युरिटी इनोभेसन अवार्ड' प्राप्त गरेको हो। यसैगरी, देशका महत्त्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा वित्तीय साझेदारी गरेकोले बैंकलाई 'नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर' को उपाधि दिइएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यी अवार्डहरू सम्पूर्ण टिमको परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको परिणाम भएको बताएका छन्। उनले ग्राहक, साझेदार र सरोकारवालाहरूलाई आभार व्यक्त गर्दै भविष्यमा पनि सुरक्षित र स्मार्ट बैंकिङ सेवामार्फत नेपाली बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण