भारतको बाढी, पहिरोमा परी २० जना नेपाली बेपत्ता भएको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले भारतमा गएको बाढी, पहिरोमा परी २० जना नेपालीहरू बेपत्ता भएको भन्दै उद्धार र खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले भारतको पहिरो र बाढीमा परी रोजगारीका लागि पुगेका नेपालीहरू बेपत्ता भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भारतको उत्तराखण्ड राज्यमा बाढीका कारण केही घटनामा ठुलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरे । बेरोजगारी समस्याका कारण लाखौँ नेपाली युवाहरू खाडी मुलुकमा जाने क्रममा केही युवाहरू सुरुमै ठगिने र केही मानिसहरूले जोखिमयुक्त काम गर्नुपर्ने बाध्यताका कारण कयौँले ज्यान गुमाइरहेको बताए ।
बाढी, पहिरोमा परी बेपत्ता हुनेमा जाजरकोटको कुशे गाउँपालिकाका १३ जना भन्दा बढी, जुम्ला तिला गाउँपालिकाका एक जना र रुकुमपश्चिमका एक जना परेको अनुमान रहेको बताए ।
पौरी गढवावामा गएको पहिरोमा पाँच जना नेपाली बेपत्ता भएको अनुमान रहेको बताउनु भयो । बेपत्ता हुनेमा बर्दियाका नागरिक रहेको बताए ।
सांसद रोकायाले घटनामा परेका मजदुरको अविलम्ब पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण