बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘भारतलाई कसैले झुकाउन सक्दैन: मन्त्री गोयल

शुक्रबार, २३ साउन २०८२, २३ : ३८
शुक्रबार, २३ साउन २०८२

सारांश

  • भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले भारतलाई कसैले झुकाउन नसक्ने बताए।
  • उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारतको अर्थतन्त्र प्रतिको टिप्पणी अस्वीकार गरे।
  • गोयलका अनुसार भारतको मुद्रास्फीति दर न्यून छ, मुद्रा, विदेशी मुद्रा भण्डार र सेयर बजार मजबुत छन्।

काठमाडौँ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले भारतलाई कसैले झुकाउन नसक्ने बताएका छन्। इन्डिया टुडेको कार्यक्रममा बोल्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको अर्थतन्त्रलाई प्रतिको टिप्पणी अस्वीकार गरे।

गोयलले भने, “आजसम्म यस्तो कोही आएको छैन, जसले भारतलाई झुकाउन सकेको होस्। आज पूरै विश्व भारततर्फ हेर्दै छ र हामीलाई द्रुत गतिमा बढ्दै गरेको अर्थतन्त्रको रूपमा मान्दै छ। हामी विश्व अर्थ वृद्धिमा १६ प्रतिशत योगदान दिइरहेका छौँ।”

उनका अनुसार, अन्य उदीयमान अर्थतन्त्रको तुलनामा भारतको मुद्रास्फीति दर विश्वमै न्यून छ भने मुद्रा, विदेशी मुद्रा भण्डार र सेयर बजार मजबुत छन्। उनले भारतको भविष्य उज्ज्वल रहेको बताए।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमाथि लगाइएको ट्यारिफ २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। भारतले रुसबाट तेल किन्दै आएकोमा अमेरिकाले  भारतसँग असन्तुष्टि  व्यक्त गर्दै आएको छ। 

भारतले अमेरिकाको यो कदमलाई ‘अनुचित’ र अतार्किक’ भनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप