एलएलडिसीको तेस्रो सम्मेलनमा नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड
सारांश
- तुर्कमेनिस्तानमा भएको सम्मेलनमा नेपालले आपसी सहयोग र साझेदारी विस्तारमा जोड दिएको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित राष्ट्रहरूको विकासका लागि विभिन्न योजना प्रस्तुत गरे।
- नेपालले पूर्वाधार विकास, व्यापार मार्ग र हरित ऊर्जामा काम गरिरहेको कुरा सम्मेलनमा स्पष्ट पारियो।
काठमाडौँ। भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्केमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको तर्फबाट आपसी सहयोग र साझेदारी विस्तारमा जोड दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गरी शनिबार स्वदेश फर्किएपछि परराष्ट्र मन्त्रालयले सूचना तथा प्रसारण विभागको सहयोगमा आयोजना गरेको पत्रकार सम्मेलनमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूलाई विकास साझेदारहरूले थप सहयोग गर्नुपर्नेमा नेपालजस्ता देशले आवाज उठाएको जानकारी गराइएको हो ।
सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलका नेता प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित मुलुकको विकास र समृद्धिका लागि भूपरिवेष्टितबाट भूजडित, पारवहन निर्भरबाट व्यापार प्रतिस्पर्धी र जलवायु सङ्कटापन्नबाट जलवायु प्रतिरोधी मुलुकका रूपमा रूपान्तरणका लागि आवाजा कार्यक्रम एउटा कोशेढुङ्गा साबित हुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।
स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा, कोरिडोर निर्माणमार्फत सीमा पार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले स्पष्ट पारेको उनले जानकारी दिए । प्रधानमन्त्री ओलीले नेपालको विकास यात्रामा थप सहयोग गर्न छिमेकी मुलुक, विकास साझेदार तथा दातृ निकायलाई आह्वान गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण