नवाज–तलतको अविजित साझेदारी, पाकिस्तानले वेस्ट इन्डिजलाई हरायो
सारांश
- हसन नवाज र हुसैन तलतको साझेदारीले पाकिस्तानलाई वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय खेलमा जित दिलायो।
- वेस्ट इन्डिजले दिएको २८१ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानले ५ विकेटले जित हासिल गर्यो।
- शाहिन शाह अफ्रिदीले ४ विकेट र नसीम शाहले ३ विकेट लिए भने, बाबर आजम र मोहम्मद रिजवानले पनि राम्रो प्रदर्शन गरे।
तारोबा । डेब्युटेन्ट हसन नवाज र दोस्रो खेल खेलिरहेका हुसैन तलतबिचको अविजित १०४ रनको साझेदारीले पाकिस्तानलाई वेस्ट इन्डिजविरुद्ध पहिलो एकदिवसीयमा जित दिलाएको छ । २ सय ८१ रनको लक्ष्य पछ्याउँदै पाकिस्तान पाँच विकेटले विजयी बनेको हो। यससँगै पाकिस्तानले एकदिवसीय सिरिजमा १–० को अग्रता लिएको छ।
पहिलो इनिङमा वेस्ट इन्डिजले तीन अर्धशतकको मद्दतले २ सय ८० रन जोडे पनि पाकिस्तानका स्पिनरहरूले रनको गति नियन्त्रण गरे। अन्त्यतिर शाहिन शाह अफ्रिदीले ४ विकेट र नसीम शाहले ३ विकेट लिँदै बाँकी ब्याट्सम्यानहरूलाई समेटे।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवात सहज रहेन । बाबर आजमले ४७ रन र मोहम्मद रिजवानले ५३ रन बनाउँदै स्थिर तर सुस्त इनिङ खेले पनि दुवै रन गति बढाउन नसकी आउट भए। रिजवान आउट हुँदा अझै १०१ रन आवश्यक थियो र वेस्ट इन्डिजले तल्लोक्रममा दबाब बनाउने प्रयास गरिरहेको थियो।
तर हसन नवाजले सुरुवाती कठिनाइ पार गर्दै र केही जीवनदान पाउँदै ६३ रनको नटआउट इनिङ्स खेले। उनले ४१ रन बनाएका हुसैन तलतसँग मिलेर सहज रूपमा टोलीलाई जितसम्म। पाकिस्तानले ४८.५ ओभरमा लक्ष्य भेट्टाउँदै पाँच विकेटको जित दर्ता गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण