मधेस प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट एक हजार सात सय पशु मरे
शनिबार, २४ साउन २०८२, १३ : ५७
सारांश
- मधेस प्रदेशमा लम्पीस्किन रोगका कारण १ हजार ७ सय पशु चौपायाको मृत्यु भएको छ।
- लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएका थिए, जसमध्ये २३ हजार ७०९ उपचारपछि निको भए।
- रोग नियन्त्रणका लागि दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ।
जनकपुरधाम । लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेस प्रदेशमा एक हजार सात सय पशु चौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९वटा पशु उपचारबाट निको भएको बताइएको छ ।
लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउ खटिरा आउने तथा घाँस र पानी खान नखोज्ने लक्षण देखिन्छन् । रोगको पहिचान भएका पशुमा खोप लगाउने अभियान पनि सुरु गरिएको मन्त्रालयको भनाइ छ ।
अभियान अन्तर्गत हालसम्म प्रदेश भरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको छ । मन्त्रालयका अनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञकेन्द्र मार्फत खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण