कैलाली कारागार घटनापछि गृह मन्त्रालयमा बैठक, कारागारको पूर्ण सुरक्षा गरिने
सारांश
- कैलालीको धनगढी कारागारमा भएको झडपमा एक जनाको मृत्यु भएको छ, भने ४७ जना घाइते भएका छन्।
- गृहमन्त्रीले घटनाबारे जानकारी लिनुका साथै परिस्थिति सहज बनाउने विषयमा छलफल गरेका छन्।
- घाइतेको उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ र सुरक्षा व्यवस्था कडा पारिनेछ।
काठमाडौँ । कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गृह मन्त्रालयले परिस्थितिलाई सहज बनाउन गम्भीरतापूर्वक सूक्ष्म रूपले हेरिरहेको जनाएको छ ।
कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबिच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि शनिबार गृहमन्त्री रमेश लेखकले गृहसचिब सहित तीन वटा सुरक्षा निकायका प्रमुखसित घटनाको समग्र अवस्थाबारे जानकारी लिनुका साथै परिस्थिति सहज बनाउने विषयमा छलफल गरेका छन् ।
गृह मन्त्रालयमा भएको छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ । त्यसका लागि गृह मन्त्रालयले सुर्खेतमा रहेको नेपाली सेनाको स्काइ ट्रक धनगढी पढाइसकेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
'कारागारको पुर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन्', प्रवक्ता काफ्लेले भने, 'झडपमा परी घाइते भएका अन्य घाइतेहरूको उपचारको प्रबन्ध मिलाइएको छ ।'
बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण