न्युजिल्याण्डको इतिहासमा तेस्रो ठुलो जित
सारांश
- न्युजिल्याण्डले जिम्बाब्वेलाई दोस्रो टेस्टमा एक इनिङ र ३५९ रनले पराजित गर्यो, शृङ्खला जित्यो।
- डेब्यु गरेका जाकरी फक्सले ९ विकेट लिएर न्युजिल्याण्डलाई ऐतिहासिक जित दिलाए।
- न्युजिल्याण्डले डेभन कोनवे, हेनरी निकोल्स र रचिन रवीन्द्रको उत्कृष्ट प्रदर्शन गर्यो।
हरारे । न्युजिल्याण्डले टेस्ट क्रिकेट इतिहासमा आफ्नो तेस्रो ठुलो जित दर्ता गरेको छ। बुलावायोमा सम्पन्न दोस्रो टेस्टमा किवीहरूले जिम्बाब्वेलाई एक इनिङ र ३५९ रनले पराजित गर्दै दुई टेस्टको शृङ्खला क्लिन स्विप गरेको हो ।
शनिबारको खेलमा जिम्बाब्वे दोस्रो इनिङमा २८.१ ओभरमै ११७ रनमा समेटियो। डेब्यु गरेका बलर जाकरी फक्सले समग्र खेलमा ९ विकेट लिँदै न्युजिल्याण्डलाई ऐतिहासिक जित दिलाए। यसअघि पहिलो इनिङ्समा जिम्बाब्वे १२५ रनमै अलआउट भएपछि न्युजिल्याण्डले डेभन कोनवे (१५३), हेनरी निकोल्स (१५०*) र रचिन रवीन्द्र (१६५*) को उत्कृष्ट प्रदर्शनमा ३ विकेट गुमाउँदै ६०१ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो।
जिम्बाब्वेले यस शृङ्खलाका चारै इनिङ्समा १७० रनभन्दा कम स्कोर गर्यो । यो उनीहरूको लगातार छैटौँ टेस्ट हार हो। बलिङमा म्याट हेनरीले पहिलो इनिङ्समा ५ विकेट र दोस्रो इनिङ्समा २ विकेट लिँदै शृङ्खलामा कुल १६ विकेटसहित ‘प्लेयर अफ द सिरिज’ बने।
फक्सले पहिलो इनिङ्समा ४ विकेट र दोस्रो इनिङ्समा ५ विकेट लिए। यस जितसँगै न्युजिल्याण्डको जिम्बाब्वे भ्रमण अपराजित रह्यो। किवीहरूले टी–२० त्रिकोणीय शृङ्खलाका सबै खेल, फाइनल र दुवै टेस्ट जित्न सफल भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण