नागरिक लगानी कोषको नाफा १ अर्ब २५ करोड, सेयर बजारमा ३१ अर्ब लगानी
सारांश
- नागरिक लगानी कोषले एक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ।
- कोषको पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ बराबर छ, र विभिन्न योजनामा २ खर्ब ९१ अर्ब ८२ करोड संकलन भएको छ।
- कोषले २ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको छ, र प्रतिशेयर आम्दानी १९.३४ रुपैयाँ रहेको छ।
काठमाडौँ। नागरिक लगानी कोषले एक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण अनुसार कोषले सो बराबरको नाफा कमाएको हो । गत आर्थिक वर्षमा कोषको नाफा १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।
कोषले ब्याज, सेवाशुल्क तथा कमिसन तथा विविध आम्दानी गरी १ अर्ब ९ करोड रुपैयाँ आर्जन गरेको छ भने व्यवस्थापन खर्चै तथा प्रोभिजनमा ४२ करोड ४२ लाख रुपैयाँ खर्चेको छ । यसमा आयाकर घटाउँदा खुदा नाफा १ अर्ब २५ करोड रुपैयाँमा कायम भएको हो ।
हाल कोषको पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ बराबर रहेको छ । कोष अन्तर्गतका विभिन्न योजनामा २ खर्ब ९१ अर्ब ८२ करोड संकलन भएको छ । यो अघिल्लो वर्षको भन्दा ४२ अर्ब रुपैयाँ बढी हो । संकलित रहेकोमध्ये कोषले हालसम्म २ अर्ब ८९ करोड रुपैयाँ लगानी रहेको छ । त्यसमध्ये ३१ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी रहेको छ ।
यो नाफाका आधारमा कोषको प्रतिशेयर आम्दानी १९.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण