शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग रास्वपाले आज छलफल गर्ने

आइतबार, २५ साउन २०८२, १० : ४५
आइतबार, २५ साउन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जनासँग छलफल गर्दैछ।
  • छलफल आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ।
  • छलफलको सहजीकरण विपिन कुमार आचार्यले गर्नेछन्, र पत्रकार भेटघाट पनि हुनेछ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको तर्फबाट रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग छलफल गर्न लागेको छ । आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूसँग छलफल गर्न लागिएको प्रवक्ता मनिष झाले जानकारी दिए । 

छलफलको सहजीकरण सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले गर्ने झाले बताए ।  यसैगरी छलफलको 'अब्जर्भेसन' केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक उनले जानकारी दिए । 

झाका अनुसार दिउँसो ४ बजे उम्मेदवारका आकांक्षीसहित सहितको पत्रकार भेटघाट कार्यक्रम हुनेछ। रास्वपाले साउन २३ गते ९ जना आवेदकको सूची सार्वजनिक गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप