कैलाली घटना : अर्का घाइतेलाई पनि काठमाडौँ ल्याइँदै
आइतबार, २५ साउन २०८२, १३ : २९
सारांश
- कैलालीको धनगढी कारागारमा झडप हुँदा घाइते भएका अर्का एक जनालाई काठमाडौँ ल्याइँदै छ।
- कारागारमा भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन्।
- गृहमन्त्री रमेश लेखकले घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए र छानबिन समिति गठन गरिएको छ।
काठमाडौँ । कैलालीको धनगढी स्थित कारागारमा झडप हुँदा गम्भीर घाइते भएका अर्का एक जनालाई पनि काठमाडौँ ल्याउन लागिएको छ । शुक्रबार राति कैदी बन्दीबिच झडप हुँदा एक जनाको मृत्यु भएको थियो । ४७ जना घाइते भएका छन् ।
सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कर्ण सलामी मगरलाई थप उपचारको लागी काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले रातोपाटीलाई बताए । उनले भने– ‘विमानमार्फत काठमाडौँ पठाउने तयारी गरिरहेका छौँ ।’
शनिबार एक जनालाई उपचारको लागि काठमाडौँ ल्याइएको थियो । गृहमन्त्री रमेश लेखकले शनिबार कैलाली घटनाबारे तिनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण