पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ
आइतबार, २५ साउन २०८२, १४ : ०१
सारांश
- पशुपति आर्यघाटमा शव जलाइरहेको बेला हड्डी निकालेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा शव जलाउने काम गर्दै आएका ब्राह्मण गणेश ढकाल र उनका सहयोगी छन्।
- मृतकका परिवारले हड्डी निकालेर अन्यलाई दिएको आरोप लगाएका छन्, प्रहरीले थप अनुसन्धान गर्दैछ।
काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार हड्डी निकालेको भन्दै प्रहरीकहाँ सूचना पुगेपछि दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा घाटमा शव जलाउने काम गर्दै आएका ब्राह्मण गणेश ढकाल र उनका एक जना सहयोगी छन् । काभ्रेको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट उनीहरूले हड्डी निकालेको आरोप छ । एसपी चन्दले भने, ‘हड्डी निकालेर अर्कोलाई दिएको मृतकका परिवारले आरोप लगाएका छन्, हामी अनुसन्धान गर्दैछौँ।’
हड्डी उनीहरूले किन निकाले भन्नेबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण