नेपाली युवाले सञ्चालन गरेका दुई व्यवसाय अष्ट्रेलियाको ‘लोकल बिजनेस अवार्ड’बाट सम्मानित
काठमाडौँ। अष्ट्रेलियामा नेपाली युवाको नेतृत्वमा सञ्चालन भएका दुई उद्यम— क्लिक कन्सल्टिङ ग्रुप र आईटी टुगेदरले प्रतिष्ठित परामाटा लोकल बिजनेस अवार्ड जितेका छन्।
शिक्षा सेवा श्रेणीमा क्लिक कन्सल्टिङ ग्रुप र उत्कृष्ट नयाँ व्यवसाय श्रेणीमा आईटी टुगेदरले अवार्ड प्राप्त गरेका हुन्।
क्लिक कन्सल्टिङ ग्रुपले विशेषगरी नेपालका अन्तर्राष्ट्रिय विद्यार्थीलाई आइटी, लेखा, इञ्जिनियरिङ र साइबर सुरक्षा क्षेत्रमा रोजगारी खोज्न मद्दत गर्दै आएको छ। यसले अहिलेसम्म सयौँ विद्यार्थीको करियर निर्माणमा योगदान पुर्याएको छ।
उता, आईटी टुगेदरले प्राविधिक स्टार्टअपका साथै साना तथा मझौला व्यवसायलाई एआइ सञ्चालित सिआरएम समाधानमार्फत दैनिक कार्य स्वचालित गर्न सहयोग पुर्याउँदै आएको छ। वास्तविक व्यावसायिक समस्यामा नवीन दृष्टिकोण अपनाएकाले यसले उत्कृष्ट नयाँ व्यवसायको उपाधि हात पारेको हो।
यी उद्यममा नेपाली युवा ओम राउत, सन्तोष श्रेष्ठ, विकास रिजाल, सुनील सिग्देल र अनिस कार्की संलग्न छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण