बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : उपमहासचिव ज्ञवाली

आइतबार, २५ साउन २०८२, १६ : ०९
आइतबार, २५ साउन २०८२

सारांश

  • एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताए।
  • उनले सरकार र सामुदायिक वन उपभोक्ता समितिबीचको सहकार्यमा वन सम्पदालाई समृद्ध गर्नुपर्ने कुरामा जोड दिए।
  • ज्ञवालीले सामुदायिक वनबाट समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन निजी क्षेत्रसँग साझेदारी गर्नुपर्ने बताए।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई मुलुकको समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । 

एमाले केन्द्रीय कार्यालयमा एमाले वन तथा वातावरण विभागले आइतबार गरेको ‘सामुदायिक वनको अवस्था: चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा ज्ञवालीले सामुदायिक वनबाट समुदायलाई लाभ पुग्नुका साथै मुलुकको समृद्धितर्फ जोड्नुपर्ने धारणा राखेका हुन् । 

‘अब सामुदायिक वनले सिङ्गो वन जङ्गललाई संरक्षण गर्दै समृद्धिमा जोड्नुपर्दछ’, ज्ञवालीले भने–  ‘सरकार र सामुदायिक वन उपभोक्ता समितिबिचको सहकार्य र समन्वयमा वन सम्पदालाई समृद्ध गर्नुपर्दछ ।’ 

उनले प्राकृतिक स्रोतमा राष्ट्रको स्वामित्वमा हुनुपर्ने भन्दै त्यस्तो स्वामित्वबाट जनताले लाभ पाउनुपर्नेमा जोड दिए । उपमहासचिव ज्ञवालीले सामुदायिक वनमा सरकार र स्थानीय समुदायको स्वामित्वमा सम्झौता नहुने बताउँदै दाउरा र स्याउला बान्नेलाई बिस्तारै बिजुली र ग्यासमा बाल्नेतर्फ रूपान्तरण गर्न आवश्यक रहेको उल्लेख गरे । 

उनले सामुदायिक वनबाटै समुदायलाई आर्थिक रूपमा सशक्त बनाउनुपर्ने भन्दै निजी क्षेत्रसँग साझेदारी गरेर सामुदायिक वनको उत्थानमा लाग्नुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप