सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

महाकाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

आइतबार, २५ साउन २०८२, १६ : ३१
आइतबार, २५ साउन २०८२

कञ्चनपुर ।  महाकाली नदीमा नुहाउन गएका दुई बालिका बगेर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–१२ ऐरीस्थित नदी किनारमा नुहाइरहेका बालिका बेपत्ता भएको प्रहरीले जनाएको छ।

भीमदत्त नगरपालिका–११ की ७ वर्षीया जीविका पन्त र ८ वर्षीया सानबी पन्त बेपत्ता भएका हुन् । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए ।  बेपत्ता बालिकाहरू दाइहरुसँगै नुहाउन गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप