इजरायल–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुपर्छ : राजदूत आरीबास
सारांश
- इजरायलका राजदूतले नेपाल-इजरायल सम्बन्ध थप सुमधुर बनाउन प्रतिबद्धता जनाए।
- राजदूतले शिक्षा, स्वास्थ्य, कृषि, श्रम र प्रविधिमा सहयोग निरन्तर रहने बताए।
- एक हजार नेपाली श्रमिक छिट्टै इजरायल जाने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए।
काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरीबासले इजरायल–नेपाल सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै यसलाई थप उचाइमा पुर् याउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
इजरायलमा अध्ययन गरेको नेपालीहरूको संस्था सलोम क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कठिन समयमा रहेको इजरायललाई नेपालले सधैँ नैतिक समर्थन गर्दै आएकामा आभार व्यक्त गर्दै आफ्नो मुलुकले पनि नेपाललाई भरपर्दो मित्रका रूपमा व्यवहार गर्दै आएको बताए ।
राजदूत आरीबासले शिक्षा, स्वास्थ्य, कृषि विकास, श्रम र सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा नेपाललाई यथाशक्य सहयोग गर्दै आएको र त्यो भविष्यमा पनि निरन्तर रहने बताउँदै निकट भविष्यमा एक हजार नेपाली श्रमिक इजरायल जान लागेका जानकारी दिए । दुवै देशका सरकारी अधिकारी नेपाली श्रमिकलाई इजरायल पठाउने प्रक्रिया पूरा गर्ने चरणमा रहेका उनले बताए ।
क्लबका अध्यक्ष प्राध्यापक भीमप्रसाद श्रेष्ठले नेपाल र इजरायलबिचको जनस्तरको सम्बन्ध सेतुका रूपमा क्लबले काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण