रोहित र विराटको एकदिवसीय क्रिकेटबाट सन्यासको चर्चा
सारांश
- रोहित शर्मा र विराट कोहलीले टी-२० विश्वकप २०२४ पछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।
- यी दुवै खेलाडीले इङ्गल्यान्ड भ्रमणअघि टेस्ट क्रिकेटबाट पनि सन्न्यासको घोषणा गरेका थिए।
- अब यी खेलाडीले २०२५ मा एक दिवसीय क्रिकेटबाट सन्न्यास लिने चर्चा चलेको छ, र उनीहरू अस्ट्रेलिया विरुद्धको सिरिजमा खेल्नेछन्।
काठमाडौँ । रोहित शर्मा र विराट कोहलीले टी–ट्वान्टी विश्वकप २०२४ पछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । त्यस्तै, यी दुई खेलाडीले इङ्गल्यान्ड भ्रमणअघि टेस्ट क्रिकेटबाट पनि सन्न्यासको घोषणा गरेका थिए ।
उक्त सन्यास घोषणासँगै दुवै खेलाडीले अब केवल एक दिवसीय क्रिकेट मात्र खेल्ने बताएका थिए । पछिल्लो समय रोहित–विराट अब २०२५ मा नै एक दिवसीय क्रिकेटबाट सन्यास दिने चर्चा चलेको छ ।
भारतीय टोलीले अक्टोबर १९ देखि अस्ट्रेलियासँग एक दिवसीय सिरिज खेल्दैछ । उक्त सिरिज पछि नै दुवै खेलाडीले सन्यास लिग बताइएको छ । भारतीय टोलीले अस्ट्रेलियाविरुद्ध तीन खेलको एक दिवसीय सिरिज खेल्नेछ ।
बीसीसीआईको एक दिवसीय विश्वकप २०२७ को योजनामा दुवै खेलाडी छैनन् । रोहित र विराटले यसै महिना हुने भनिएको बंगलादेशविरुद्धको तीन एक दिवसीय खेलको सिरिजबाट पुनरागमन गर्ने तालिका रहेको थियो । तर, भ्रमण रद्द भएका कारण यी दुवै खेलाडी अब अक्टोबरमा अस्ट्रेलियाविरुद्ध खेलिने एक दिवसीय सिरिजमा देखिनेछन् ।
दैनिक जागरणको रिपोर्टअनुसार विराट र रोहितलाई टिम म्यानेजमेन्टले आईसीसी एक दिवसीय विश्वकप २०२७ का लागि टिम इन्डियामा समावेश नगरेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण