पशुपति आर्यघाटमा ५ सयमा हड्डी किनबेच
सारांश
- पशुपति आर्यघाटमा शव जलाउँदै गर्दा हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले राम शाहीको शवबाट हड्डी निकालेर ५०० रुपैयाँमा बेचेको स्वीकार गरेका छन्।
- ढकालले एक अपरिचित व्यक्तिलाई भगवानलाई चढाउन भन्दै हड्डी बेचेको बताए, जसलाई मैनालीले सहयोग गरेका थिए।
काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै आएका उदयपुरका विनायक मैनालीले शुक्रवार साँझ शवको हड्डी निकालेर बेचेको आरोप छ ।
काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी बेचेको थाहा भएको छ ।
ढकाल २५ वर्ष देखी पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए । एउटा शव जलाएबापत उनले पशुपति विकाश कोषसँग १५ सय रुपैयाँ लिन्छन् । शुक्रवार दिउँसो एक जना अपरिचित आएर आफूलाई ‘भगवानलाई चढाउन हड्डी चाहियो’ भनेर आग्रह गरेको ढकालले प्रहरीसँग बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘हड्डी निकालिदिन आग्रह गर्दै ती अपरिचितले मलाई ४ सय रुपैयाँ दिएका थिए ।’
कोट पाइन्ट लगाएका ती अपरिचित घण्टौँ कुरेर बसेपछि आफूले हड्डी निकालेर आफ्नो सहयोगी विनायक मैनालीलाई बट्टामा राखेर दिएको उनले बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग ढकालले भनेका छन्, ‘पहिलो पटक हड्डी निकालेको हुँ, यसअघि यस्तो काम मैले गरेको छैन ।’
उनले दिएको बट्टा मैनालीले ती अपरिचितलाई दिए । हड्डीको बट्टा दिएपछि अपरिचितले मैनालीलाई थप १ सय रुपैयाँ दिएको उनीहरूले प्रहरीलाई बताएका छन् ।
बट्टामा हड्डी हालेर लगेको देखेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए । विनायक मैनाली आर्यघाटमा ढकाललाई सहयोग गर्दै फालिएका सामान र कपडा टिप्ने काम गर्छन् ।
शवको सानो आकारको हड्डी ५ सय रुपैयाँमा किनबेच भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनाबारे प्रहरी वृत्त गोशालाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण