दुर्घटना
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
आइतबार, २५ साउन २०८२, २३ : ५०
सारांश
- मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्।
- जोमसोमबाट मार्फातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।
- घाइते चालकको उपचारको क्रममा मृत्यु भएको छ, भने अर्का एक जना सामान्य घाइते छन्।
मुस्ताङ । मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
फर्निचरको सामान लोड गरी जोमसोमबाट मार्फातर्फ जाँदै गरेको ग १ त ७५०२ नम्बरको ट्याक्टर यहाँको घरपझोङ–३ स्याङ स्थित बेनी–जोमसोम सडक मार्गमा आइतबार साँझ करिब साँढे ८ बजेको समयमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका निसी खोला गाउँपालिका–५ बाग्लुङका ३० वर्षीय ट्याक्टर चालक शेरबहादुर घर्ती मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।
दुर्घटनामा गोर्खा धार्चे गाउँपालिका–५ माछीखोला बस्ने ६० वर्षीय आशबहादुर गुरुङ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण