अपडेट
गाजामा इजरायली आक्रमणबाट अल जजिराका चार पत्रकारको मृत्यु
सोमबार, २६ साउन २०८२, ०५ : ५८
सारांश
- गाजा सिटीको अल-शिफा अस्पताल नजिक इजरायली आक्रमणमा अल जजिराका चार पत्रकारको मृत्यु भयो।
- अल जजिराका अनुसार, पत्रकारहरू अस्पतालको गेटमा बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको थियो।
- इजरायली सेनाले मृतक अनस अल-शरीफलाई हमासको एक आतङ्कवादी सेलको प्रमुख रहेको दाबी गरेको छ।
काठमाडौँ । गाजा सिटीको अल–शिफा अस्पताल नजिक इजरायली आक्रमणमा अल जजिराका चार पत्रकारको मृत्यु भएको छ। मृतकमा संवाददाता अनस अल- शरीफ, मोहम्मद कुरैकेह र क्यामेरा सहायक इब्राहिम जाहेर तथा मोहम्मद नुफाल छन्।
अल जजिराका अनुसार उनीहरू अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा रहेका बेला आक्रमण भएको हो।
आक्रमणपछि इजरायली सेनाले अनस अल–शरीफलाई हमासको एक आतङ्कवादी सेलको प्रमुख रहेको दाबी गरेको छ, तर अल जजिराले यसलाई असत्य र पत्रकारमाथि लक्षित ‘उत्तेजना अभियान’को हिस्सा भएको जनाएको छ।
अनस अल–शरीफ आक्रमण हुनुअघि सामाजिक सञ्जालमा गाजा सिटीमा भइरहेको भीषण बमबारीको बारेमा लेखिरहेका थिए।
अक्टोबर २०२३ देखि गाजामा सुरु भएको इजरायली सैन्य कारबाहीमा अहिलेसम्म १८६ पत्रकारको मृत्यु भएको ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’ का तथ्याङ्कमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण