रुसी तेल खरिद मामिला : ट्रम्पले चीनमाथि पनि ट्यारिफ लगाउन सक्ने
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले रुसबाट तेल खरिद रोक्न नमानेपछि भारतमाथि उच्च ट्यारिफ लगाएका छन्।
- ट्रम्पले चीनमाथि पनि ट्यारिफ लगाउने विचार गरिरहेको उपराष्ट्रपति जेडी भान्सले बताएका छन्, तर निर्णय भइसकेको छैन।
- भारतले अमेरिकी भन्सार शुल्कको कडा विरोध गर्दै यसलाई अनुचित र अविवेकपूर्ण भनेको छ।
वासिङ्टन डीसी । रुसबाट तेल खरिद रोक्न नमानेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि उच्च ट्यारिफ लगाएका छन् । अब ट्रम्पको निशानामा चीन पर्न सक्ने देखिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसको संकेत गरेका हुन् । ट्रम्पले चीनमाथि ट्यारिफ लगाउने विचार गरिरहेको एक अन्तर्वार्तामा जेडी भान्सले भनेका छन् । तर अहिलेसम्म यसबारे केही निर्णय भइसकेको भने छैन ।
‘रुसबाट तेल खरिद नरोकेपछि अमेरिकाले भारतमाथि उच्च ट्यारिफ लगाएको छ । अमेरिकाले चीनविरुद्ध पनि यस्तो कारबाही गर्न सक्छ ?’ अन्तर्वार्ताको क्रममा पत्रकारले भान्सलाई सोधेका थिए । यसको उत्तरमा भान्सले भने– ‘राष्ट्रपति ट्रम्पले यसबारे विचार गरिरहेका छन्, तर उनले अहिलेसम्म यसबारे कुनै निर्णय लिएका छैनन् । चीनको मुद्दा अलि जटिल छ किनभने चीनसँगको हाम्रो सम्बन्ध यस्तै यस्तै छ । रुसको अवस्था बेवास्ता गरेर चीनमाथि ट्यारिफ लगाउँदा अन्य धेरै कुराहरू बिग्रन सक्छ । त्यसैले, राष्ट्रपति ट्रम्पले हाल यसबारे विचार गरिरहेका छन्, तर उनले अहिलेसम्म कुनै निर्णय गरेका छैनन् ।’
भन्सार तथ्याङ्क अनुसार, जुलाईमा चीनको रुसी तेल आयात १० अर्ब डलरभन्दा बढी पुगेको छ । यो मार्च पछिको सबैभन्दा उच्च मासिक तेल आयात हो । तर, यस वर्ष रुसबाट चीनको कुल आयात २०२४ को तुलनामा ७ दशमलव ७ प्रतिशत कम थियो ।
अमेरिकाले ट्यारिफ लगाउने धम्की दिइरहँदा चीनले रुससँगको ऊर्जा व्यापारको बचाउ गरेको थियो । रुस सहित विश्वभरका सबै देशहरूसँग सामान्य आर्थिक, व्यापार र ऊर्जा सहयोग गर्नु कानुनी रूपमा मान्य भएको अनि आफू आफ्नो राष्ट्रिय हित अनुसार तेल किन्न जारी राख्ने चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमा भनेको थियो ।
अमेरिकाले भारतमाथि लगाइसकेको छ ट्यारिफ
रुससँग तेल किन्न बन्द नगरेपछि गत हप्ता ट्रम्पले भारतबाट आउने सामानमा २५ प्रतिशत थप भन्सार महसुल लगाउने घोषणा गरेका थिए । योसँगै अमेरिकामा भारतीय सामानमाथिको कुल भन्सार महसुल ५० प्रतिशत पुगेको छ ।
यो दर अगस्ट २७ देखि लागू हुनेछ । भारतले पनि अमेरिकी भन्सार शुल्कप्रति कडा प्रतिक्रिया जनाइरहेको छ । यसलाई अनुचित र अविवेकपूर्ण भनिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण