एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
सोमबार, २६ साउन २०८२, ११ : ३९
सारांश
- जाजरकोटको कल्ले खोलामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- दुर्घटनामा भेरी नगरपालिका-१ का २७ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भयो।
- एम्बुलेन्स बिरामी लिन जाँदै गर्दा उकालोमा भित्तामा ठोक्किएर २०० मिटर तल खसेको थियो।
सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज बिहान भे१च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमा नै मृत्यु भएको हो । अस्थायी प्रहरी पोस्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।
भेरी नगरपालिका–१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण