बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

विवादमा खेलकुदमन्त्री : आफ्नै छाेरीलाई बनाए एथलेटिक्स सङ्घकाे सदस्य

सोमबार, २६ साउन २०८२, १७ : २३
सोमबार, २६ साउन २०८२

सारांश

  • युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी आफ्नो अभिव्यक्ति र कामको कारण फेरि विवादमा तानिएका छन्।
  • एथलेटिक्स संघको विधान रातारात पारित गर्न दबाब दिएर संघ गठन गरिएको थियो।
  • मन्त्री चौधरीले आफ्नी छोरीलाई संघको सदस्य बनाउन दबाब दिएको आरोप लागेको छ।

काठमाडौँ । आफ्नो अभिव्यक्ति र अपरिपक्वताका कारण पटक–पटक विवादमा तानिदै आएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पुनः विवादमा तानिएका छन् । 

विवादको कारण हो, एथलेटिक्स सङ्घको विधान रातारात पारित गर्न दबाब दिएर सङ्घ गठन गर्नु ।उनी त्यतिमा मात्र रोकिएनन् । उनले आफ्नो छोरीलाई सङ्घको सदस्य बनाउन पनि दबाब दिए । 

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजिव शाहको अध्यक्षमा सङ्घ गठन पनि भयो । साउन १४ गते सङ्घ गठन हुँदा १३ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विधान स्वीकृत गरेको थियो । 

राखेपका उपाध्यक्ष ध्रुव आचार्य र खेलकुदमन्त्री चौधरीको सक्रियतामा उक्त सङ्घ १४ गते गठन भयो । कुनै पनि खेलकुदको पृष्ठभूमि नभएकी मन्त्री चौधरीकी छोरी अन्जु चौधरीलाई  सङ्घको सदस्य पदमा सर्वसम्मत रूपमा राखिएकाे‍ हाे ।  

अन्जुले नत हालसम्म कुनै राष्ट्रिय स्तरको खेल प्रतियोगिता खेलेकी छन् नत कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी छन् । उनको कुनै राष्ट्रिय स्तरको खेल सङ्घको सदस्यमा पनि छैन । 

यसअघि खेलकुदमन्त्री चौधरीले आफैँ सञ्चालक रहेको नाइटिंगेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।  त्यसपछि उनी विवादमा तानिएका थिए ।

उसो त कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री शाह पनि एथलेटिक्सको कुनै पनि पृष्ठभूमि नभएका व्यक्ति हुन् । उनी पनि विगत ९ वर्ष यता एथलेटिक्स सङ्घको अध्यक्षको भूमिकामा छन् । 

patra-anju

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप