हाइड्रोपावर चाहिँदैन भनेकोमा शाक्यले दिए स्पष्टीकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा आफूले दिएको अभिव्यक्तिबारे स्पष्ट पारेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानका प्रतिनिधिसँगको भेटमा उनले आफूले जलविद्युत चाहिँदैन भनेको नभई भविष्यको चुनौतीबारे चिन्ता व्यक्त गरेको बताएका हुन् ।
सोमबार भएको भेटमा शाक्यले आगामी दिनमा सोलार ऊर्जा निरन्तर सस्तो हुँदै जाने र ब्याट्री स्टोरेज प्रविधिको विकासले गर्दा १० वर्षपछि जलविद्युतभन्दा सोलार ऊर्जा सस्तो पर्न सक्ने अवस्था आउन सक्ने उल्लेख गरेको बताए ।
उनले भने, ‘सोलार सस्तो हुँदै छ, त्यही भएर पछि सस्तो बिजुली यताबाट आयो भने हाइड्रो के गर्ने भनेको हो। १० वर्ष पछि यस्तो अवस्था आउँछ भनेको हो, चाहिँदैन भनेको होइन ।’
यद्यपि, मूल्यमा सोलार सस्तो भए पनि राष्ट्रिय अर्थतन्त्रमा जलविद्युतकै योगदान बढी हुने कुरामा आफू स्पष्ट रहेको उनले बताए। शाक्यले भने, ‘जलविद्युतले ६० प्रतिशत स्वदेशी सामान र जनशक्ति खपत गर्छ, तर सोलारका प्यानलदेखि ब्याट्रीसम्म सबै आयात गर्नुपर्छ। त्यसैले अर्थतन्त्र उकास्ने काम जलविद्युतले नै गर्छ ।’
उनले आजको दिनमा जलविद्युत नै सान्दर्भिक रहेको बताए। ‘भोलिका दिनको मूल्य तुलना गर्दा सोलार सस्तो पर्ने देखिन्छ, तर सोलारले अर्थतन्त्र उकासिँदैन भन्नेमा म जानकार छु’ शाक्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण