बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

त्रिविमा अखिल क्रान्तिकारीको रिले अनसनमा प्रहरी हस्तक्षेप, उपाध्यक्षसहित १६ जना पक्राउ

सोमबार, २६ साउन २०८२, १९ : ११
सोमबार, २६ साउन २०८२

सारांश

  • त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विद्यार्थी सङ्गठनको रिले अनसनमा प्रहरीले हस्तक्षेप गरेको छ।
  • शुल्क वृद्धिको विरोधमा आन्दोलन गर्दा अखिल (क्रान्तिकारी)का १६ जना पक्राउ परेका छन्।
  • प्रहरी हस्तक्षेपका क्रममा कीर्तिपुर क्याम्पसकी एक विद्यार्थी घाइते भइन्, र केही भौतिक संरचनामा तोडफोड भयो।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरमा विद्यार्थी सङ्गठनले गरेको रिले अनसनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

शुल्क वृद्धिको विरोधमा आन्दोलनरत नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को अनसनमा प्रहरीले सोमबार हस्तक्षेप गर्दा झडपको स्थिति सिर्जना भएको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवले दिएको जानकारी अनुसार प्रहरीले सङ्गठनका उपाध्यक्ष, महासचिव, केन्द्रीय सदस्यहरू लगायत करिब १६ जनालाई पक्राउ गरेको छ । 

क्रान्तिकारीले उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्ष (रेक्टर) को कार्यालयमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

झडपका क्रममा कीर्तिपुर जिल्ला क्याम्पस कमिटीकी जिल्ला इन्चार्ज ममता जोशी घाइते भएकी छन् । प्रहरीको कुटपिटबाट घाइते भएकी उनलाई कीर्तिपुरस्थित अस्पतालमा भर्ना गरिएको छ । झडपका क्रममा केही भौतिक संरचनामा तोडफोड समेत भएको छ ।

अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ता र विश्वविद्यालयका सबै कार्यक्रममा समान शुल्क लागू गर्नुपर्ने माग राख्दै १९ दिनदेखि रिले अनशन गरिरहेको छ । सोही आन्दोलनको क्रममा आज प्रहरीले हस्तक्षेप गरी धरपकड गरेको यादवले बताए ।

528926054_1284805743300098_4057918112743115489_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप