मुख्यमन्त्री बानियाँको विश्वासको मत सार्न बहादुर पक्षको प्रस्ताव
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई कांग्रेसको असन्तुष्ट पक्षले विश्वासको मत केही दिन पर सार्न आग्रह गरेको छ।
- आन्तरिक विवाद समाधान गरेर मात्र विश्वासको मत लिन कांग्रेसको बहादुरसिंह लामा पक्षले मुख्यमन्त्री बानियालाई आग्रह गरेको छ।
- मुख्यमन्त्री बानियाले मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको छ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव केही दिन पर सार्न कांग्रेसको असन्तुष्ट पक्षले प्रस्ताव गरेको छ । आन्तरिक विवाद समाधान गरेर मात्र विश्वासको मत लिन मुख्यमन्त्री बानियालाई कांग्रेसको बहादुरसिंह लामापक्षले आग्रह गरेको हो।
आफ्ना मागहरू सम्बोधन नगरी विश्वासको मत नदिने पक्षमा उभिएको उक्त समूहले तत्काल विश्वासको मत सम्बन्धी प्रस्तावलाई अगाडि नबढाउन आग्रह गरेको हो । पार्टीको निर्देशन अनुसार अगाडि बढ्ने तयारी भइरहेको तर आन्तरिक विषयहरू समाधान गरेर मात्र विश्वासको मत लिन मुख्यमन्त्री बानियाँलाई उनीहरूको आग्रह छ।
निवर्तमान मुख्यमन्त्री लामा नेतृत्वको समूहले पार्टीको निर्देशन अनुसार चल्न तत्काल सम्भव नरहेको जनाएको छ। आफ्ना अडानहरू यथावत् रहेकाले मुख्यमन्त्री बानियाले अविश्वास प्रस्ताव तत्काल अगाडि नबढाउन आग्रह गरेको हो। निवर्तमान मुख्यमन्त्री लामाले विश्वासको मत सम्बन्धी प्रस्ताव केही दिन पर सार्न र आन्तरिक विषयहरू समाधान गर्न आग्रह गरिएको बताए ।
पार्टीको निर्देशन अनुसार चल्न आफू तयार रहे पनि साथीहरूको आग्रह अनुसार निर्णय गर्ने गरी अघि बढेको उनले बताए आफ्नो समूहमा रहेका सांसदहरू तत्काल विश्वासको मत दिने पक्षमा सन्तुष्ट नरहेकाले सो विषय मिलान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार केहीबेरमा बैठक बसेर आफ्ना अडान र विश्वासको मत विषयमा निर्णय गरिने छ । बैठकका लागि केहीबेरमा सबैलाई जानकारी गराइने र सो पश्चात् ठोस निचोड निस्कने उनको भनाइ छ । अपमानित भएर पार्टीको निर्देशन मान्ने सोचमा साथीहरू नरहेको उनेले बताए ।
'हामीले हाम्रो विषय राखिसकेका छौं । सो विषयमा पार्टी सभापति शेरबहादुर देउवाले पनि मिलाउने प्रतिबद्धता जनाउनु भएको छ । पार्टीको निर्देशन अनुसार चल्नुपर्छ भन्ने मान्यता हो । तर साथीहरू मानिरहनु भएको छैन ।' उनले भने, 'उहाँहरु आफूलाई अपमान गरेको महसुश गरिरहनु भएको छ । त्यसैले विश्वासको मत सम्बन्धी प्रस्ताव केही दिन पर सार्न प्रस्ताव गरिएको हो। उक्त विषयमा आफ्नो समूहको बैठक बसेर निर्णय लिनेछ ।'
मुख्यमन्त्री बानियाले मङ्गलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको छ। गत साउन २० गते कांग्रेस एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियालाई ६४ सांसदको समर्थन रहेको छ । कांग्रेसभित्रको आन्तरिक किचलोको कारण १४ सांसद निवर्तमान मुख्यमन्त्री लामापक्षमा रहेर संघर्ष गरिरहेका छन् । पूर्व सहमति कार्यान्वयनको माग गर्दै उनीहरू आफ्नो अडानमा अडिग रहेका छन् । माग पूरा नभई सामयिक राजीनामाको समेत रणनीतिमा रहेका उनीहरू मुख्यमन्त्री बानियालाई विश्वासको मत नदिने पक्षमा उभिएका छन्। लामा पक्ष पूर्व सहमति अनुसार तीन जना मन्त्रीको नियुक्ति र शपथको अडानमा रहेको छ।
११० सदस्य बागमती प्रदेश सभामा सत्तारुढ दल कांग्रेसको ३७ एमालेको २७ प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको २१ राप्रपाको १३ एकीकृत समाजवादीको ७ नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण