‘अहिलेकै अवस्थामा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत प्रदान गर्न सक्दैनौँ’
सारांश
- निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन नसक्ने बताए।
- लामा पक्ष र पार्टीबीचको छलफल जारी छ, जसमा मन्त्री नियुक्ति र अन्य विषयमा सहमति खोज्ने प्रयास भइरहेको छ।
- मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुपर्ने, जसका लागि ५६ सांसदको समर्थन आवश्यक छ।
मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले अहिलेकै अवस्थामा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत प्रदान गर्न सक्ने अवस्था नरहेको बताएका छन् । आफ्ना मागहरूमा तत्काल सहमति नजुटेको भन्दै विश्वासको मतबारे निर्णयमा पुग्न नसकेको बताएका हुन् ।
आफ्ना पक्षका १४ जना सांसदसँगको छलफल काठमाडौँमा जारी रहेको र विश्वासको मत प्रदान गर्ने विषयमा निचोडमा पुग्न बाँकी रहेको उनको भनाई छ । छलफल निरन्तर जारी रहेको र अझै केही समय लाग्ने उनले बताए । छलफलको निष्कर्षअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने तथा अन्य कुनै विकल्पमा अघि बढ्ने उनको भनाइ छ ।
‘हामी निष्कर्षमा पुगेका छैनौँ। हाम्रो छलफल जारी नै छ। केही माननीयज्यूहरूले अपमानित भएको महसुस गर्नुभएको छ ।तत्काल विश्वासको मत प्रदान गर्ने अवस्था उहाँहरूले देखाउनु भएको छैन यसै भन्ने अवस्था छै,’ उनले भने ।
सांसद तीर्थ लामाका अनुसार काठमाडौँ रहेर सरकार र पार्टीको निर्देशनका विषयमा छलफल भइरहेको छ । सबै सांसदले आफ्नो धारणा राखिराख्नुभएकाले निष्कर्ष आउन अझै केही समय लाग्ने उनले बताए । निवर्तमान मुख्यमन्त्री लामा पक्षले आफ्ना तीन जना मन्त्री सरकारमा नियुक्त गरी शपथ ग्रहण गराउनुपर्ने माग राख्दै आएको छ।
उक्त विषयमा लामा पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई समेत ध्यानाकर्षण गराइसकेको जनाएको छ । देउवाबाट माग सम्बोधन हुने आश्वासन पाए पनि उनीहरू काठमाडौँमा छलफलमा रहेका हुन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको छ। गते साउन २० गते एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका बानियाँलाई सरकार टिकाउन ५६ सांसदको आवश्यकता पर्छ।
बागमती प्रदेश सभामा ११० सांसदमध्ये प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको २१ राप्रपाको १३ एकीकृत समाजवादीको ७ नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण