‘व्यक्तिले कतिवटा सिम किन्यो, पहिचान गर्ने प्रक्रिया सुरु भएको छ’
सारांश
- सञ्चार सचिव राधिका अर्यालले एक व्यक्तिले कति सिम लिएको छ भन्ने पहिचान प्रक्रिया सुरु भएको बताइन्।
- सिमकार्ड लिने प्रक्रियालाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने काम भइरहेको छ, जसले कति सिम प्रयोग गरेको छ भन्ने थाहा हुनेछ।
- यसले एक व्यक्तिलाई कतिवटा सिम दिने भन्ने निर्णय लिन सहयोग गर्नेछ र सिमकार्डको दुरुपयोग रोक्न मद्दत गर्नेछ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले एउटा व्यक्तिले कति वटा सिम लिएको छ भन्ने पहिचान गर्ने प्रक्रिया सुरु भएको बताएकी छिन् ।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिकी अध्यक्ष समेत रहेकी अर्यालले सिमकार्ड लिने प्रक्रियालाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गराउने क्रममा रहेको भन्दै योसँगै यस्तो पहिचान हुने बताएकी हुन् ।
अहिले मन्त्रालयले सिम कार्ड लिँदा ग्राहकको केवाईसी फाराम अनिवार्य गरिएको बताइन् । ‘अब यसलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने व्यवस्था गरिएको छ । यो भएपछि एउटा व्यक्तिले कतिवटा सिम लिएको छ भन्ने विषय चाहिँ त्यहीँबाट थाहा हुन्छ,’ अर्यालले भनिन्, ‘एउटा व्यक्तिलाई कतिवटासम्म सिम लिन दिने भन्ने निर्णय गर्न पनि यसले सहयोग पुर्याउँछ ।’
अहिले एउटा व्यक्तिको नाममा धेरै सिमकार्ड निकालिएको र यसलाई दुरुपयोग गर्ने कार्यलाई रोक्ने भन्ने सन्दर्भमा यो विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण