संसद् बैठक
हुलाकी सडकबारे रुलिङ नभए सभामुखको अगाडि अनसन बस्ने सांसद मोदीको चेतावनी
मङ्गलबार, २७ साउन २०८२, १४ : ३५
सारांश
- सांसद अमनलाल मोदीले हुलाकी सडकबारे संसदमा प्रश्न उठाएका छन्।
- उनले हुलाकी राजमार्गको कटहरी खण्ड १० वर्षसम्म नबनेको गुनासो गरे।
- सभामुखले रुलिङ नगरे अनसन बस्ने चेतावनी मोदीले दिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकका बारेमा संसद्मा कति पटक कुरा उठाउँदा सम्बोधन हुन्छ भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै हुलाकी राजमार्गको कटहरी खण्ड १० वर्षसम्म बन्न नसकेको बताए । आफूले संसद्मा पटक–पटक कुरा उठाउँदा पनि सम्बोधन नभएको बताउँदै उनले सभामुख देवराज घिमिरेलाई रुलिङको माग गरे । रुलिङ नभएमा सभामुखको अगाडि अनसन बस्ने समेत उनले चेतावनी दिए ।
‘हुलाकी राजमार्गको कटहरिको खण्ड १० वर्षसम्म बनेको छैन । बनाउन रुलिङ हुन पर्यो नभए तपाईँ(सभामुख)को अगाडि अनशन बस्छु,’ सांसद मोदीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण