मोजामा बेरेर ८५० वटा कछुवा तस्करी
सारांश
- अमेरिकामा कछुवा तस्करी गरेको आरोपमा एक चिनियाँ पुरुषलाई जेल सजाय सुनाइने भएको छ।
- ती पुरुषले खेलौना भन्दै मोजामा बेरेर ८५० वटा कछुवा हङकङ पठाएका थिए।
- कछुवाको बजार मूल्य १४ लाख अमेरिकी डलर रहेको अनुमान छ, र उनलाई ५ वर्षसम्म जेल सजाय हुनसक्छ।
वासिङ्टन डिसी । अमेरिकामा एक जना चिनियाँ पुरुषलाई जेल सजाय सुनाइने भएको छ । संरक्षितको सूचीमा रहेका ८५० वटा कछुवालाई मोजामा बेरेर खेलौना बताउँदै हङकङ पुर्याएको मामिलामा दोषी ठहरिएपछि अमेरिकी जिल्ला अदालतले वेइ कियाङ लिन नाम गरेको ती चिनियाँ पुरुषलाई सजाय तोक्न लागेको हो ।
२०२३ को अगस्ट देखि २०२४ को नोभेम्बरको बिचमा कछुवा राखिएका २ सय भन्दा धेरै पार्सल वेईले हङकङ निर्यात गरेका थिए ।
कछुवाले भरिएका पार्सलको लेबलमा भने प्लास्टिकबाट बनेका खेलौना जनावर लेखिएको थियो । वेइले ती पार्सलमा इष्टर्न बक्स टर्टल र थ्री–टोड बक्स टर्टल पठाउँथे । यी कछुवाको बाहिरी हिस्सामा विशेष मार्क हुन्छन्, यसलाई घरपालुवा जनावरको रूपमा राख्नुलाई चीनमा प्रतिष्ठाको रूपमा हेरिन्छ । वेइबाट जफ्त गरिएका कछुवाको बजार मूल्य १४ लाख अमेरिकी डलर भएको अमेरिकी अधिकारीहरूको अनुमान छ । सीमामा निगरानी गर्ने क्रममा अधिकारीहरूले ती कछुवा फेला पारेपछि लिन पक्राउ परेका थिए ।
१९९० को दशकमा यी दुवै कछुवा ठुलो परिमाणमा तस्करी हुन्थे । त्यसपछि यसलाई संरक्षितको सूचिमा राखिएको थियो । अमेरिकामा अनुमति लिएर मात्रै कछुवा निर्यात वा पुनः निर्यात गर्न पाइन्छ ।
यी कछुवा बाहेक पनि वेइले विषालु सर्प जस्ता कयौं घिस्रिने जनावरलाई समेत पार्सलमा राखेर निर्यात गरेको न्याय मन्त्रालयले भनेको छ । वेइलाई डिसेम्बर २३ मा सजाय सुनाइनेछ । उनलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्नेछ । २ हजार भन्दा धेरै इष्टर्न बक्स टर्टल तस्करी गरेको आरोपमा मार्चमा अर्का चिनियाँ नागरिकलाई ३० महिनाको जेल सजाय सुनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण