बानियाँले मागे प्रतिपक्ष दलसँग विश्वासको मत
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलहरूसँग विश्वासको मत मागेका छन् ।
मुख्यमन्त्री बानियाँले आज प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई पत्र प्रदान गर्दै विश्वासको मतको पक्षमा मतदान गर्न औपचारिक अनुरोध गरेका हुन् ।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशको समुन्नत विकास, सुशासन र स्थायित्वका लागि आफूले नेतृत्व गर्न लागेको सरकारलाई आवश्यक समर्थन पुर्याउन आग्रह गरेको बताइएको छ ।
वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको स्थायित्व र जनअपेक्षाको सम्मानका लागि विश्वासको मत अत्यावश्यक भएको जनाउँदै बानियाँले सबै सांसदहरूलाई लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्ने दिशामा सहकार्यको भावनाका साथ मत दिन आह्वान गरेको बताए ।
मुख्यमन्त्री बानियाँ आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । तर मुख्यमन्त्रीकै दल कांग्रेसका १३ सांसदले असहयोग गर्दा उनी सकसमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण