बागमतीमा ‘प्लान बी’मा बानियाँ, खोजे राप्रपाको साथ
काठमाडौँ । बागमती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नै पार्टीका सांसदबाट विश्वासको मत नपाउने अवस्था देखेसँगै विकल्प खोज्न थालेका छन् ।
पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा पक्षका सांसदहरू काठमाडौँमै बसेर सम्पर्कविहीनजस्तै भएपछि मुख्यमन्त्री बानियाँले अर्को विकल्प रोजेका हुन् ।
बानियाँले राप्रपासँग विश्वासको मत दिन आग्रह गरेका छन् । प्रदेश सभामा राप्रपाका सभामुखसहित १३ सांसद छन् । राप्रपाले विश्वासको मत दिएमा मुख्यमन्त्रीले प्रदेश सभामा बहुमत कायम राख्न सक्छन् ।
राप्रपाका प्रदेश सभा संसदीय दलका नेता उद्धव थापाले आफूहरू छलफलमै रहेको रातोपाटीलाई बताए । केहीबेरमै निर्णयमा पुग्ने उनको भनाइ छ ।
विश्वासको मत लिन मुख्यमन्त्रीले कम्तीमा ५६ सांसदको समर्थन जुटाउनु पर्नेछ । प्रदेश सभामा नेपाली कांग्रेसका ३७ सांसद रहे पनि बहादुर सिंह लामा पक्षका १४ सांसद सम्पर्कविहीन भएर बसेको बताइएको छ ।
यस हिसाबले मुख्यमन्त्री बानियाँले आफ्नै दलबाट २३ मतमात्र पाउने देखिन्छ । सत्ता साझेदार एमालेका २७ सांसद छन् । कांग्रेस र एमालेको गरी जम्मा ५० सांसद हुन्छन् । १३ सांसद रहेको राप्रपाले विश्वासको मत दिएमा मुख्यमन्त्री बानियाँको पद जोगिन्छ । बानियाँले आजै विश्वासको मत लिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण