डेंगु प्रकोप बढ्दो, साढे सात महिनामा झण्डै २९ सय संक्रमित
काठमाडौँ । नेपालमा पछिल्लो समय तीव्र गतिमा डेंगु संक्रमण फैलिरहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर डेंगुका बिरामीको संख्या २ हजार ८ सय ८६ पुगेको छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २६ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा भने १ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ७७ मध्ये ७४ जिल्लामा संक्रमण फैलिसकेको छ ।
जुनमा नियन्त्रणमा आएको देखिए पनि डेंगुको संक्रमण जुलाईमा भने ह्वात्तै बढेको हो । जुनमा ६ सय ३२ जनामा संक्रमण देखिएको थियो भने जुलाईमा १ हजार ९ सय ६ जनामा संक्रमण पुष्टि भएको थियो ।
अगस्टको पहिलो ११ दिनमै ८ सय ४४ संक्रमित थपिएसँगै संक्रमणको दर बढेको देखिएको छ ।
गण्डकी प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित छ भने त्यसपछि बागमती प्रदेशमा ६०३ जनामा पुष्टि भएको छ । यसैगरी कोशीमा ४९९, लुम्बिनीमा ४४७ र सुदूरपश्चिम प्रदेशमा ३४४ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली र मधेश प्रदेशमा भने संक्रमणको दर तुलनात्मक रूपमा कम छ । क्रमशः ७५ र ५१ केसहरू यी दुई प्रदेशमा पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण