उपचारका क्रममा कैदीको मृत्यु भएपछि छानबिन समिति गठन
सारांश
- पर्साको नारायणी अस्पतालमा उपचारका क्रममा कैदी राहुल साह तुरहाको मृत्यु भएपछि छानबिन समिति गठन गरिएको छ।
- घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो।
- मृतकका आफन्तले अस्पताल वरपर टायर बालेर विरोध प्रदर्शन गरेका थिए भने साह २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलबार कैदीबन्दी राहुल साह तुरहाको मृत्यु भएपछि छानबिन समिति गठन गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले घटनाबारे विस्तृत छानबिन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने गरी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा पर्सा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक किशोर लम्साल, जनप्रतिनिधि जनदिशसाह तुरहा, मृतकका दाजु मकेशसाह तुरहा, मानवअधिकारकर्मी मनकुमारी लामा, नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र नेपाल चिकित्सक सङ्घका प्रतिनिधि रहने गरी सात सदस्यीय छानबिन समिति गठन गरेको हो ।
बैठकले मृतकको शव परीक्षणलगायतका अन्य कानुनी प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ । वीरगन्ज कारागारमा कर्तव्य ज्यान मुद्दा राहुल साह तुरहाको नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
वीरगन्ज कारागारका प्रमुख खिमराज भुसालका अनुसार कारागारमा कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका कैदी साहको मङ्गलबार विहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा पुर्याइएको थियो। आफन्तहरूले भने पर्साका प्रजिअले बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नका लागि अनूमति नदिएको आरोप लगाएका छन् ।
कैदीबन्दी तुरहाको मृत्युपछि आक्रोशित आफन्तले नारायणी अस्पताल वरपर टायर बालेर विरोध प्रदर्शन गरेका थिए । पर्सा प्रहरीका सूचना अधिकारी लम्सालले पर्सा प्रहरीले भिड नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । साह विसं २०७९ देखि कर्तव्य ज्यानमुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण