आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सारांश
- आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै छ।
- अर्थ समितिले 'वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' माथि छलफल गर्नेछ।
- कानुन समितिले कैलाली कारागारको घटनाबारे गृहमन्त्रीसँग छलफल गर्नेछ।
काठमाडौँ । आज विभिन्न पाँच संसदीय समितिको बैठक बस्दै छ । आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ ।
अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारको घटनाबारे गृहमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । कानुन समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल गर्ने तय भएको छ । यस समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।
त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा महालेखापरीक्षको ६२औँ प्रतिवेदनमा समेटिएका विषयबारे छलफल गर्ने कार्यक्रम छ । यस समितिको बैठक बिहान १० बजेका लागि तय गरिएको छ ।
बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमितिले गरेका निर्णयहरू सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण