उत्पादनमा आधारित अनुदानले तनहुँका किसान व्यावसायिक पशुपालनमा
सारांश
- व्यास नगरपालिकाले उत्पादनको आधारमा किसानलाई अनुदान दिएपछि व्यावसायिक पशुपालनतर्फ आकर्षण बढेको छ।
- सहकारीमार्फत दूध र मासुमा अनुदान दिइएको छ, जसबाट किसान लाभान्वित भएका छन्।
- गत आर्थिक वर्षमा दूध र मासुमा क्रमशः रु. ४० लाख र रु. ५ लाख बढी अनुदान प्रदान गरिएको छ।
तनहुँ । व्यास नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान प्रदान गरेपछि यहाँका सर्वसाधारण व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका छन् ।
किसानलाई प्रोत्साहनस्वरुप सहकारीमार्फत दुध र मासुमा अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । दुर्इ हजार ५०० किसानले गाई, दुई हजार जनाले भैँसी र सात हजार ५०० ले बाख्रा पालेका उनले बताए ।
गत आर्थिक वर्षमा किसानलाई दूधमा प्रतिलिटर रु दुईका दरले रु ४० लाख तीस हजार ६७९ र मासुमा प्रतिकिलो रु २० का दरले रु पाँच लाख ४७ हजार सात सय ८६ अनुदान दिइएको छ ।
एक हजार एक सय पच्चीस गाई र छ सय एक्काइस भैसीमा कृत्रिम गर्भाधान गराइएको छ । एक हजार ५३० किसानका २४ हजार १६७ पशुपन्छीको उपचार, बाख्रा स्रोत केन्द्र कार्यक्रमअन्तर्गत तीन वटा बाख्रा फार्म छनौट गरी एक लाख २५ हजारमा खोर निर्माण मर्मत गरिनुका साथै ७९ वटा सहकारी संस्थालाई वर्गीकरण गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण