बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एकीकृत समाजवादीको युवा सङ्गठनभित्र पनि विवाद

बुधबार, २८ साउन २०८२, ०९ : ०८
बुधबार, २८ साउन २०८२

सारांश

  • नेकपा एसको युवा सङ्गठनमा विवाद बढेको छ, इन्चार्जको सर्कुलरप्रति असन्तुष्टि जनाइएको छ।
  • सहसंयोजक सञ्जीव राईले कथित कमिटीको भ्रममा नपर्न र युवा सङ्घ पुनर्गठन गर्ने चेतावनी दिएका छन्।
  • यो विवाद पार्टी अध्यक्ष माधव नेपाल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीचको अन्तरसंघर्षसँग सम्बन्धित छ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको युवा सङ्गठनभित्र विवाद थप बढेको छ । युवा सङ्घ नेपालका इन्चार्ज लक्ष्मण केसीले जारी गरेको सर्कुलरप्रति इतर समूहका नेताहरूले सार्वजनिक असन्तुष्टि जनाएका छन् । युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरिएको सर्कुलर जारी भएको छ ।

तर आयोजक कमिटी गठनको सर्कुलरप्रति सहसंयोजक सञ्जीव राईले सार्वजनिक आपत्ति जनाएका छन् । ‘कथित कार्यदल, कथित आयोजक कमिटी, कथित इन्चार्ज,’ राईले लेखेका छन्, ‘कथित महाधिवेशन आयोजक कमिटीको भ्रममा नपर्न सङ्घ सम्बद्ध सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध छ ।’

राईले युवा सङ्घ नेपाल पुनर्गठन गरिने चेतावनी पनि दिएका छन् । ‘अब असली युवा सङ्घ नेपाल पुनर्गठन गर्दै समाजवादी आन्दोलनले सही दिशा पक्रने छ’, उनले लेखेका छन् ।

राई पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षका नेता हुन् । युवा इन्चार्ज केसी पार्टी अध्यक्ष माधव नेपाल निकट हुन् । युवा सङ्घमा देखिएको यो विवादले पार्टीभित्रको अन्तरसंघर्षलाई थप बढवा दिने देखिएको छ ।

किनकि सोमबार मात्र माधव नेपाल र झलनाथ खनालबिच एकअर्काविरुद्ध सार्वजनिक अभिव्यक्ति नदिने सहमति भएको थियो । तर भोलिपल्टै युवा इन्चार्ज केसीले एकपक्षीय सर्कुलर जारी गरेको भन्दै राईले आपत्ति जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप