झुम्का कारागारबाट कैदी फरार भएपछि छानबिन समिति गठन
सारांश
- सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दाका एक कैदी फरार भएपछि छानबिन सुरु भएको छ।
- फरार हुनेमा खोटाङका २८ वर्षीय रूपक पौडेल खत्री रहेका छन्, जो मंगलबार राति भागेका थिए।
- घटनाको छानबिनका लागि ५ सदस्यीय समिति गठन गरिएको छ, जसमा प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू छन्।
विराटनगर । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दाका एक जना कैदी फरार भएपछि छानबिनका लागि ५ सदस्यीय समिति गठन भएको छ ।
फरार हुनेमा खोटाङ दिप्रुङ चुइचुम्मा–२ का २८ वर्षीय रूपक पौडेल खत्री हुन् । उनी मंगलबार राति भागेको जनाइएको छ ।
खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । उनी भागेको हो होइन भन्ने विषयमा अझै टुङ्गो लागि नसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ‘कारागारबाट एक जना कैदी मिसिङ छन्,’ मिश्रले भने, ‘फरार भएको पनि हुन सक्छ खोजी कार्य जारी रहेको छ ।’
उनले त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीका डीएसपी, सशस्त्र प्रहरी बल (एपिएफ) का डीएसपी, राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर र कारागारका नासु (सदस्य–सचिव) रहेको समिति गठन भएको बताए ।
‘घटना सुरक्षाको कमजोरीले हो कि, कारागार प्रशासनको कमजोरीले हो कि, खटिएको प्रहरी कर्मचारीको कमजोरीले हो भन्ने विषयमा छानबिन भइरहेको छ,’ मिश्रले भने ।
सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । कारागारमा १ हजार ८ सयको हाराहारीमा कैदीबन्दी रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण