कैलाली लागुऔषधको हब बन्दै गयो : सांसद कुँवर
सारांश
- सांसद शेरबहादुर कुँवरले कैलाली लागुऔषधको हब बन्दै गएको बताए ।
- उनका अनुसार, कैलालीमा लागुऔषध कारोबार र दुर्व्यसन बढ्दो छ, जसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता छ ।
- उनले खुला सीमा र कूटनीतिक पहलको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले पछिल्लो समयमा कैलाली लागुऔषधको हब बन्दै गएको बताएका छन् । बुधवार बसेको कानुन न्याय तथा मानवअधिकार समितिकाे बैठकमा उनले यस्तो बताएका हुन् ।
कैलालीको टिकापुर क्षेत्रमा लागुऔषध कारोबार र दुर्व्यसन गर्नेहरू बढिरहेको उनको भनाई छ । कारागार अनुगमन गर्ने क्रममा आफूहरू त्यो क्षेत्रमा पुग्दा त्यहाँको स्थानीय प्रशासन, प्रहरी प्रशासन र स्थानीयले पनि यो कुरालाई गम्भीर ढङ्गले उठाएको उनले बताए ।
खुला सीमा नाका कारण नेपाल र भारत गर्न सजिलो भएकोले यो क्षेत्रमा लागू औषध कारोबार मौलाएको उनको भनाई छ । यसलाई नियन्त्रण गर्नको लागी सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । यस्तै लागुऔषध नियन्त्रणको लागी कूटनीतिक माध्यमबाट भारतसँग पनि पहल गर्नुपर्ने उनको भनाई छ ।
उनले भने- ‘कैलालीको विषय अलि जटिल पनि छ । कैलालीमा लागुऔषधको हब पनि बन्दै गएको छ । अझ टिकापुर साइटतिर लागू औषध कारोबार पनि गर्ने, दुर्व्यसन पनि गर्ने । यो हामी जेल अनुगमन गर्न जाने क्रममा पनि यो विषय उठेको थियो । त्यहाँका स्थानीय प्रशासन, प्रहरी प्रशासनले यी विषयहरूलाई उठाएको थियो । आम नागरिकले पनि यी विषयलाई उठाएका थिए । त्यसलाई कसरी नियन्त्रण गर्ने ? ठाउँ ठाउँमा खुला सीमा छ । खुला सीमा भएको कारणले वारपार गर्न सजिलो छ । यहाँ कसरी हामीले नियन्त्रण गर्ने हो । यो कुरामा पनि हामीले ध्यान दिन आवश्यक छ । छिमेकी देशसँग पनि हामीले यसको बारेमा कूटनीतिक सम्बन्धबाट पहल गर्नुपर्यो ।’
बैठकमा उनले कैलाली कारागारमा झडपका घटना पटक पटक हुने गरेको बताए । हालको घटना हुनुभन्दा अगाडी नै हिंसात्मक घटना हुँदैछ, भन्ने सूचनाहरू आए पनि सरकारले ध्यान नदिएको उनको आरोप छ । यसअघि २०७८ सालमा कैलाली कारागारमा हिंसात्मक घटना हुँदा एक जनाको मृत्यु भएको उनले जानकारी दिए । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण