शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कजाखस्तानकी अलेनाले एभरेष्ट महिला भलिबल लिग खेल्ने

बुधबार, २८ साउन २०८२, १७ : ५१
बुधबार, २८ साउन २०८२

सारांश

  • काठमाडौँ स्पाइकर्सले वात्सल्य एभरेष्ट महिला भलिबल लिगको लागि कजाखस्तानकी खेलाडी अलेना कोलोतिजिनालाई अनुबन्ध गरेको छ।
  • स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई पनि अनुबन्ध गरिसकेको छ र टिम थप सन्तुलित हुने विश्वास लिएको छ।
  • लिग भदौ २० देखि २८ गतेसम्म हुनेछ र टिमले तेस्रो विदेशी खेलाडी छिट्टै घोषणा गर्ने जनाएको छ।

काठमाडौँ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल) का लागि काठमाडौँ स्पाइकर्सले कजाखस्तानकी खेलाडी अलेना कोलोतिजिनालाई अनुबन्ध गरेको छ ।

काठमाडौँ स्पाइकर्सले दोस्रो विदेशी खेलाडीका रूपमा अलेनाको नाम घोषणा गरेको हो । 

काठमाडौँ स्पाइकर्सले यसअघि बुल्गेरियन सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ । २९ वर्षीय अलेना अपोजिट हिटर हुन् । अलेनाले कजाखस्तानको भिसी कौन्यास र अरू अस्तानाबाट खेलिसकेकी छन् । उनले एभीसी महिला च्याम्पियन्स लिगसमेत खेलिसकेकी छन् । 

दुई विदेशी खेलाडी नकोभा र अलेनालाई अनुबन्ध गरेपछि टोली अझ सन्तुलित र मजबुत हुने टिमको विश्वास छ । पहिलो सिजनमा काठमाडौँमा टर्की र बुल्गेरियका विदेशी खेलाडीले खेलेका थिए । 

लिगका लागि तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । तेस्रो तथा अन्तिम विदेशी खेलाडी पनि छिट्टै घोषणा गर्ने टिमले जनाएको छ । 

पहिलो संस्करणको लिगमा तेस्रो भएको काठमाडौँले दोस्रो सिजन अझ बलियो भएर आउने र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । दोस्रो संस्करणका लागि काठमाडौँले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । 

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौँमा मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, वाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् ।

लिगको दोस्रो सिजन आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप