१० बजे १० समाचार : संसद्मा रविमाथि व्यङ्ग्य, ग्यारेजबाट अपराधीबारे सूचना
सारांश
- रसुवागढी सडक बाढीले गर्दा १३ दिनदेखि बन्द छ र पुनर्निर्माण अझै दुई साता लाग्ने देखिन्छ।
- सुनकोशी-मरिण आयोजना रमण कन्स्ट्रक्सनको लापरबाहीका कारण अलपत्र परेको छ।
- काठमाडौं प्रहरी प्रमुखले पत्रकार सम्मेलन गर्दै अपराध नियन्त्रणका लागि नयाँ सूचना प्रणाली प्रयोग गरेको बताए।
आज २०८२ साउन २८ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- रसुवागढी सडक
बाढीले पुनः क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक १३ दिनदेखि ठप्प छ । चीनतर्फबाट भोटेकोसीमा आएको बाढीले बिगारेको यो सडक पुनर्निर्माण सम्पन्न गर्न अझै दुई साता लाग्ने देखिएको छ ।
- सुनकोशी–मरिण आयोजना
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कम्पनी रमण कन्स्ट्रक्सनको चरम लापरबाहीको कारण बाँध अलपत्र बनेको छ । आयोजनाको सबैभन्दा महत्त्वपूर्ण मानिएको बाँध र विद्युत् गृह निर्माणको ठेक्का पाएको भारतीय कम्पनी पटेल र नेपाली रमण कन्स्ट्रक्सनको जोइन्ट भेन्चरले काम गर्न नसकेको कारण आयोजनाको कामले गति लिन नसकेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
- कर्णालीमा किचलो
कर्णालीको सत्तामा एउटा अनौठो घम्साघम्सी छ । यहाँ सरकारमा रहेकै दल कहिले सरकार छाड्ने धम्की दिन्छ, कहिले संसद् अवरुद्ध गर्छ । एउटै मन्त्रिपरिषद्को बैठकमा रहे पनि सहयात्री दल मन्त्रिपरिषदकै निर्णयविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै हिँड्छ ।
- ‘डिजिटल नेपाल फ्रेमवर्क’
देशको डिजिटल पूर्वाधार र सेवा प्रवाहमा कायापलट गर्ने भन्दै छ वर्षअघि सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ नामक कार्यक्रम अघि सार्यो । पाँच वर्षभित्र कार्यान्वयन सक्नेगरी ल्याएको उक्त फ्रेमवर्कको कार्यान्वयन यो अवधिमा लगभग शून्यप्राय: रह्यो । कुल १ खर्ब ७ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको उक्त फ्रेमवर्क कार्यान्वयनमै गएन ।
- वैकल्पिक वित्त परिचालन
वैकल्पिक वित्त परिचालनका लागि सरकारले ल्याएको विधेयक यतिवेला प्रतिनिधि सभाअन्तर्गत अर्थसमितिमा छ । र यसलाई समितिबाट फास्ट ट्रयाकमा पास गर्नेगरी सरकार लागिपरेको छ । दफावार छलफल भइरहेको बाफियासम्बन्धी विधेयकलाई छाडेर समिति ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ पहिला पास गर्ने दाउमा छ ।
- काठमाडौँ प्रहरीको पत्रकार सम्मेलन
प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ विश्व अधिकारी ६ महिनादेखि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख छन् । २०८१ माघ १५ मा उनले काठमाडौँ प्रहरीको कमाण्ड समालेका थिए । मुलुकको राजधानी काठमाडौँको अपराध नियन्त्रण गर्न र अपराधीसम्म पुग्न उनले नयाँ ढङ्गले सूचना सङ्कलन गर्ने गरेको बताएका छन् । काठमाडौँ प्रहरी प्रमुखको रूपमा ६ महिना काम गरेपछि बुधवार उनले पत्रकार सम्मेलन गरेर मोटरसाइकल वर्कशपका सञ्चालक र र कामदारहरूबाट सूचना लिएर काम गर्ने गरेको बताए ।
- संसद्मा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् । आफ्नो तुर्कमेनिस्तान भ्रमण, समसामयिक राजनीतिक विषयवस्तु र आफू नेतृत्वको सरकार निर्माण भएपछि गरेका कामबारे संसद्मा उनले फेहरिस्त प्रस्तुत गरे ।
- अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन
नेपालको इन्धन आपूर्तिमा रणनीतिक महत्त्व राख्ने अमलेखगञ्जस्थित पेट्रोलियम डिपोको दोस्रो चरणको पाइपलाइनमा प्राविधिक समस्या देखिएको छ । नेपाल आयल निगमले यसलाई ‘सामान्य’ समस्याको रूपमा व्याख्या गर्दै इन्धन आपूर्तिमा कुनै असर नपर्ने दाबी गरेको छ ।
- एमाले बैठकमा 'तमासा'
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश समितिको बैठक केही विवाद र भनाभनका बिच सम्पन्न भएको छ । बैठक सहभागी कतिपयले पार्टीको केन्द्रीय समिति बैठकले पठाएको अन्तरपार्टी निर्देशन (अपानि)को ६ नम्बर बुँदा सच्याउनु पर्ने माग गरेका थिए ।
- मल वितरणको नयाँ कार्यविधि
‘गोदाममा मल छ भन्छन्, हाम्रो खेतमा कहिल्यै आइपुग्दैन । पहुँचवालाले मात्रै पाउँछन्, हामीले त लाइन लागेर रित्तै फर्किनु हो । कालोबजारीमा दोब्बर–तेब्बर मूल्य तिरेर किन्नुपर्छ, नत्र बाली नै बिग्रिन्छ ।’ यी शब्दहरू नेपालका लाखौँ किसानका लागि वर्षौंदेखिको साझा पीडा र नियति हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण