‘बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गर्दैनौँ’
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिने बताएका छन्।
- बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
- उनले सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुन नल्याउने कुरा स्पष्ट पारे।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान नगरिने बताउनुभएको छ ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लडेर आएका पार्टीहरूको सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन नसक्ने बताएका हुन् ।
उनले भने, ‘हल्लाहरू चल्ने गरेका छन्, जसको आधार छैन । एउटा विषय बहुतै सेन्सेटिभ भएर उठेको देखिन्छ । बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउने भयो सरकारले भनेर । सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लडेर आएका पार्टीहरूको सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउँछ भन्ने ? कसरी भयो । हल्ला कसले चलायो । सरकारले थाहा पाएको छैन, मैले थाहा पाएको छैन । बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागिएको छैन । बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिनेछैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण