विष्णु माझीको गीत ‘म त नराउरी’लाई २४ घण्टा नबित्दै युट्युबमा १२ लाख भ्युज
सारांश
- गायिका विष्णु माझीको तीज गीत 'म त नराउरी' युट्युबमा सार्वजनिक भएको २४ घण्टा नबित्दै १२ लाख बढीले हेरेका छन्।
- गीतमा महिलाको जीवनका विभिन्न पक्ष, सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई चित्रण गरिएको छ।
- गीतले नेपाली महिलामाथि हुने हिंसा, गरिबीको चक्र, र परम्पराको नाममा महिलाले भोग्नुपर्ने पीडालाई उजागर गरेको छ।
काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’लाई २४ घण्टा नबित्दै युट्युबमा १२ लाख बढीले हेरेका छन् । सार्वजनिक भएदेखि नै चर्चामा रहन सफल गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । उसो त तीज नजिकिँदै जाँदा उनको गीत कहिले आउँछ भन्ने सोधी खोजी पनि उस्तै भएको थियो । बुधबार सो प्रतीक्षा पूरा भएको हो।
गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।माझीको गीतले नेपाली समाजमा, विशेषगरी ग्रामीण क्षेत्रमा, एक महिलाको जीवनका विभिन्न पक्ष, उसका सपना, संघर्ष, पीडा र जिम्मेवारीलाई उठाएको छ ।
गीतको सहारामा नेपाली महिलाहरूको त्याग, सहनशीलता र उनीहरूले भोग्नुपरेको यथार्थको चित्रण गरिएको छ। गीतमा गरिबी, श्रीमानको दुर्व्यवहार, गर्भवती अवस्थामा पनि गर्नुपर्ने कठोर परिश्रम र छोराछोरीको भविष्यप्रतिको चिन्ता सजिव ढंगले प्रस्तुत गरिएको छ । गीतले परम्परागत तीज गीतको बहानामा महिलाहरूले वर्षभरि भोग्ने दुःख र पीडालाई समेत उजागर गरेको छ।
‘म त नराउरी, आम्मै, म त नराउरी’ गीतको मूल बोल हो । तर, समग्रमा भने ‘आमा, म खराब छैन, मैले आफ्नो कर्तव्य पूरा गरेकी छु, म असल बुहारी या श्रीमती हुँ’ भन्ने सन्देश दिइएको छ । गीतमार्फत नेपाली महिलामाथि हुने हिंसा, गरिबीको चक्र, छोरीहरूको शिक्षा र सपनामा पर्ने असर र परम्पराको नाममा महिलाले भोग्नुपर्ने मौन पीडाहरूलाई सफलतापूर्वक पर्दामा उतारिएको छ ।
गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो । गीतको भिडियोमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’की मोडल ललिता पौडेलको अभिनय छ भने भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण