शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्‍याइरहेको छ : देउवा

बिहीबार, २९ साउन २०८२, १० : ५६
बिहीबार, २९ साउन २०८२

सारांश

  • शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो र पारदर्शी सेवा दिन मद्दत पुर्‍याइरहेको बताए।
  • देउवाले कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको बताए।
  • उनले डिजिटल प्रविधिका नकारात्मक पक्ष रोक्न सरोकारवाला पक्षलाई ध्यान दिन आग्रह गरे।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्‍याइरहेको बताएका छन् । 

पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव दिवसीय अन्तर्क्रिया’ कार्यक्रममा सभापति देउवाले सूचना प्रविधिले जनताको जीवन शैलीलाई बदल्न मद्दत पुर्‍याइरहेको बताए । 

देउवाले कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको बताए । उनले नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको बताए । ‘कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको छ,’ देउवाले भने, ‘ नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको छ ।’

देउवाले कांग्रेस पनि सहभागी वर्तमान सरकार डिजिट नेपाल बनाउन लागिरहेकोसमेत बताए । अहिलेको युग विज्ञान, प्रविधिको युग भएको बताउँदै देउवाले यसका सकारात्मक पक्ष धेरै भएको बताए । डिजिटल प्रविधिका सकारात्मक पक्ष धेरै हुँदाहुँदै पनि पछिल्लो समय नकारात्मक पक्ष पनि देखिएको बताए । त्यसका लागि सचेत भएर बढ्नु पर्ने र नकारात्मक पक्ष रोक्न सरोकारवाला पक्षले ध्यान दिन आवश्यक रहेको बताए । ‘डिजिटल प्रविधिका धेरै सकारात्मक पक्ष छन् तर पछिल्लो समय यसका नकारात्मक पक्ष पनि बाहिर आइरहेका छन्,’ देउवाले भने, ‘यसलाई रोक्न आम नागरिक सचेत हुनुपर्छ । सरोकारवाला पक्षले ध्यान दिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप