०८३ भित्रै काठमाडौँ- तराई–मधेस द्रुतमार्गको काम सकिँदैन, तर मेलम्चीको जस्तो लामो समय लाग्दैन : रक्षामन्त्री
सारांश
- रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौँ-तराई मधेस द्रुतमार्गको काम सकिनेमा शङ्का व्यक्त गरे।
- मन्त्री राईले सरकार फास्ट ट्र्याकमा केन्द्रित रहेको र अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको बताए।
- उनले सडक निर्माणमा जग्गाको समस्या र नेपाली सेना सरकारप्रति अनुशासित रहेको कुरा व्यक्त गरे।
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौँ-तराई मधेस द्रुतमार्गको काम सकिनेमा आशङ्का व्यक्त गरेका छन् ।
बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्र्याकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको बताए ।
उनले ०८३ सम्म बन्छ भन्ने विश्वास नलागेको तर मेलम्चीको जस्तो लामो समय नलाग्ने बताए । सडक निर्माणका क्रममा नेपालमा जमिनको समस्या हुने गरेको पनि बताए ।
अन्य देशहरूमा जमिन सरकारको नाममा हुने भएकाले कुनै समस्या नहुने तर नेपालमा व्यक्तिको नाममा जमिन हुँदा विभिन्न अवरोधहरू हुने गरेको उल्लेख गरे ।
मन्त्री राईले नेपाली सेना जुनसुकै कालखण्डको सरकारमा पनि सरकारप्रति अनुशासित ढङ्गले अघि बढिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण