नारायणगढ–मुग्लिङ सडक खण्डमा माथिबाट ढुंगा खस्दा ट्रक चालक घाइते
बिहीबार, २९ साउन २०८२, १६ : २६
१
सारांश
- नारायणगढ-मुग्लिङ सडक खण्डको तुइन खोलामा ढुंगा खसेर ट्रक चालक घाइते भएका छन्।
- मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रक चालकलाई ढुंगा लागेको हो।
- घाइते चालकलाई उपचारका लागि भरतपुर लगिएको छ, र ट्रक हटाउने प्रयास भइरहेको छ।
काठमाडौँ । नारायणगढ–मुग्लिङ सडक खण्ड स्थित चितवनका इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा माथिबाट ढुंगा खसेर ट्रक चालक घाइते भएका छन् ।
मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर केए–४३६८५६ नम्बरको ट्रक चालकलाई ढुंगाले लागेको हो । ट्रक चालकको नाम नखुलेको र उनी गम्भिर घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । चालकलाई उपचारको लागि भरतपुर लगिएको छ ।
ट्रक सडक छेउमा रोकिएको छ । घटनास्थलबाट दुई वटा क्रेनको प्रयोग गरेर ट्रक हटाउने प्रयास भइरहेको एसपी सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण