रौतहटमा करेन्ट लागेर किशोरको मृत्यु
बिहीबार, २९ साउन २०८२, १६ : ४८
सारांश
- रौतहटको परोहा नगरपालिकामा करेन्ट लाग्दा १६ वर्षीय किशोरको मृत्यु भएको छ।
- खेतमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका किशोरलाई अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरे।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र मृतक उमेश पण्डितका छोरा हुन्।
रौतहट । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी टोलमा करेन्ट लाग्दा एक किशोरको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ बजे आफ्नै खेतमा मोटरले पानी पठाउने क्रममा तार छुट्ट्याउने बेलामा करेन्ट लागी १६ वर्षीय राहुल कुमार पण्डित गम्भीर घाइते भएका थिए।
घाइते पण्डितलाई तत्काल उपचारका लागि घोडहीमाई अस्पताल ल्याइए पनि दिउँसो करिब २:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक राहुल, उमेश पण्डितका छोरा हुन्।
घटनाबारे खबर पाएपछि इलाका प्रहरी कार्यालय कोप्वा पिपरिया, रौतहटका प्रहरी नायब निरीक्षक महानन्द प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण