अदिती बुढाथोकी काठमाडौँ स्पाइकर्सको गुडविल एम्बासडर
काठमाडौँ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभी) को फ्रेन्चाइज टोली काठमाडौँ स्पाइकर्सले मुम्बई बेस्ड नेपाली मोडल, अभिनेत्री तथा इन्फ्लुएन्सर अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । काठमाडौँ स्पाइकर्सले बिहीबार अदितिलाई नियुक्त गरेको घोषणा गरेको हो ।
नेपालको राष्ट्रिय खेल भलिबल, त्यसमा पनि महिला लिगको फ्रेन्चाइज टिममा गुडविल एम्बासडरको रूपमा जोडिन पाउँदा एकदमै खुसी लागेको अदितिले बताइन् ।
‘एभरेष्ट महिला भलिबल लिग नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो । यसमा पनि राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा म एकदमै खुशी छु,’ अदितिले भनिन्, 'जीवनमा केही कुरा यस्ता हुन्छन्, जसको अनुभूति तपाईंको मनको गहिराइमा हुन्छ । ईडब्लुभी लिगको दोस्रो संस्करणमा काठमाडौं स्पाइकरको गुडविल एम्बासडर हुनु मेरो लागि त्यस्तै कुरा हो ।'
हरेकपटक आफूले एथलिटकहरूलाई कोर्टमा प्रवेश गरेको देख्दा गर्व लागेको उनले बताइन् । प्रतियोगिताले नयाँ पुस्ताका बालिकाहरूलाई बलियो, निडर र उनीहरूको सपना पछ्याउन मद्दत गराएको पनि उनले बताइन् । र यो लिगको वास्तविक उद्देश्य पनि यही भएको उनको भनाइ थियो । एभरेष्ट महिला भलिबल लिग नेपाली महिला भलिबल खेलाडीको विकास र नेपाली भलिबल विकासकै लागि कोशेढुंगा हुने उनले बताइन् ।
अदितिले केही समयअघि लण्डनमा भएको वर्ल्ड च्याम्पियन लेजेन्ड लिग (डब्ल्युसीएल) मा डिजिटल प्रिजेन्टरको भूमिकामा कामसमेत गरेकी थिइन् । जहाँ उनले विश्वकै दिग्गज क्रिकेटहरूसँग अन्तर्वार्ता गर्ने र सामाजिक सञ्जालका लागि कन्टेन्टहरू उत्पादन गर्ने काम गरेकी थिइन् ।
भारतको चलचित्र नगरी मुम्बईमा बसेर आफ्नो काम अघि बढाइरहेकी अदितिले नेपालमा आएर चलचित्रसमेत गरेकी छन् । सन् २०१८ मा 'कृ' र २०२३ मा 'बाबरी' फिल्ममा अभिनय गरेकी थिइन् । यस्तै उनको अभिनय रहेको 'देवयोल' अम्याजन प्राइम सिरिज लन्च हुने क्रममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण