अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंकबिच विशेष छुट सम्झौता
बिहीबार, २९ साउन २०८२, २० : ०२
सारांश
- अन्नपूर्ण न्यूरो अस्पताल र प्रभु बैंकबीच सम्झौता भएको छ।
- सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीले अस्पतालको सेवामा छुट पाउनेछन्।
- डा. शरद गजुरेल र रमेशकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।
काठमाडौँ । काठमाडौँस्थति अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई हस्पिटलका सेवामा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवार र बैंकका ग्राहकहरूले अन्नपूर्ण न्यूरो हस्पिटलमा विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।
उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डा. शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेमकुमार दाहाल तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण