भूमि आयोगले माग्यो सुकुम्वासी जग्गासम्बन्धी निवेदन
सारांश
- भूमि समस्या समाधान आयोगले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने म्याद तोकेको छ।
- आयोगले जग्गा प्राप्तिका लागि र पुराना समस्या समाधानका लागि निवेदन आह्वान गरेको छ, र निवेदन ३५ दिनभित्र बुझाउनुपर्नेछ।
- विगतका आयोगहरूबाट थाती रहेका कामहरू टुंग्याउनका लागि पनि निवेदन दिन सकिनेछ, आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ।
काठमाडौँ । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासी तथा विगतका आयोगहरूबाट थाती रहेका कामहरूका लागि निवेदन दिन ३५ दिने अन्तिम म्याद तोकेको छ ।
आयोगले आज एकै दिन दुई वटा छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै जग्गा प्राप्तिका लागि र पुराना समस्या समाधानका लागि निवेदन आह्वान गरेको हो । दुवै प्रकृतिका निवेदनहरू आज अर्थात् २०८१ साउन ३० गतेदेखि ३५ दिनभित्र सम्बन्धित निकायमा बुझाउनुपर्नेछ।
भूमिहीन र अव्यवस्थित बसोबासीका लागि नयाँ निवेदन
आयोगले जारी गरेको सूचना अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागिएको छ ।
यसका लागि आयोगले तोकेको ढाँचामा निवेदन फाराम भरी स्थानीय तहबाट वडाले तोकेका स्थानहरूमा खटिएका लागत सङ्कलकमार्फत ३५ दिनभित्र आवेदन पेस गर्न भनिएको छ । कार्य सहमतिपत्र अनुसार सम्झौता भइसकेका सम्पूर्ण स्थानीय तहका लक्षित नागरिकले यो अवसर उपयोग गर्न सक्नेछन् ।
विगतका आयोगका बाँकी काम टुङ्ग्याउन अर्को सूचना
त्यसैगरी आयोगले अर्को सूचनामार्फत २०७७ साल वैशाख १ गतेभन्दा अगाडि प्रचलित कानुनबमोजिम गठन भएका विभिन्न आयोग, समिति र कार्यदलले वितरण गरेका जग्गाहरूको स्वामित्व, दर्ता स्रेस्ता वा नक्सा प्रमाणीकरणजस्ता विषयमा समस्या भएमा त्यसलाई समाधान गर्न निवेदन आह्वान गरेको छ ।
विगतका निकायहरूबाट काम सम्पन्न हुन नसकेका र अधुरा रहेका फाइलहरूका सम्बन्धमा आवश्यक प्रमाण कागजातसहित निवेदन दिन आग्रह गरिएको हो ।
यस्तो निवेदन ‘विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धी कार्यविधि, २०८१’ को अनुसूची २ बमोजिमको ढाँचामा सम्बन्धित जिल्लास्थित आयोगको सचिवालयमा ३५ दिनभित्र पेस गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण